१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओबामाले फ्रान्समा एक महिना विताउने

फ्रान्स –  अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पगेको स्थानीय टेलिभिजनले जनाएका छन् । 

स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गरेका छन् । 

उनी आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिएका थिए । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बसेका छन् । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ । 

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताएका छन् । उनले किन यस्तो एक महिने योजना बनाए भन्ने स्पष्ट हुनसकेको छैन । साथै उनको परिवारका सदस्यहरु पछि उनीसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन । 

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो । 

प्रकाशित: ३ चैत्र २०७३ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App