६ वैशाख २०८१ बिहीबार
खेल

बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेल रद्द

काठमाडौं–नेपाल र बंगलादेशबीच हुने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आइतबार एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृण नभएको भन्दै तत्कालका लागि मैत्रीपूर्ण खेल खेलाउन नसकिने जनाएको हो। उसले भनेको छ ‘हामी तोकिएको मितिमा मैत्रीपूर्ण खेल खेलाउन असमर्थ छौं, तसर्थ तोकिएको मैत्रीपूर्ण खेल आउँदो अगस्टमा सार्न प्रस्ताव गर्छौ।’

यस अघि नेपालले आउँदो नोभेम्बरमा हुने भनिएको एएफसी सोलिडारिटी कपको तयारीको रुपमा बंगलादेशविरुद्ध असार ३१ र साउन २ गते दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो। यसका एन्फाले जापानी प्रशिक्षक जियोता कोजुको प्रशिक्षणमा  अनिल गुरुङको नेतृत्वमा २१ सदस्य टोलीको घोषया गरेको थियो।

 

प्रकाशित: २६ असार २०७३ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App