coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसबाट खसेर चाँगुनारायण निवासी बरायलीको मृत्यु

भक्तपुर—बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएकोमा मध्यपुर अस्पतालमा उपचार हुननसकी न्यूरो अस्पतालमा पठाइएको र उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए।

त्यसैगरी चाँगुनारायण नगरपालिका– ५ खरिपाटी घुमाउनेमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
 

दाङ घर भई हाल खरिपाटीकै जयशङ्खर इँटाभट्टामा काम गर्दै आएका अन्दाजी ४५ वर्षका गोपाल चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रसार्इंले जानकारी दिनुभयो ।

चौधरीको हत्या वा आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । रासस

प्रकाशित: ३ चैत्र २०७३ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App