७ वैशाख २०८१ शुक्रबार
समाज

प्राविधिक शिक्षाका लागि चार करोड सङ्कलन

चितवन – माडी क्याम्पसमा प्राविधिक शिक्षा तथा स्नात्तकोत्तर तह सञ्चालनका लागि रु चार करोड सङ्कलन भएको छ । 
यहाँ सञ्चालन भएको धनधान्याचल महायज्ञमा रु दुई करोड बराबरको भूमिदान तथा अरु नगद र जिन्सी सङ्कलन भएको महायज्ञ सञ्चालन समितिका नारायण पौडेलले जानकारी दिए । 
महायज्ञमा दुई बिगाहाभन्दा बढी भूमिदान गरिएको छ । महायज्ञमा शिवनारायण गुरौँ र केवल चौधरीले रु ३० लाख दान गरेबम छन् । यस्तै लोक क्षेत्री र अमृता क्षत्रीले रु १५ लाख, श्रीप्रसाद दवाडीले रु १५ लाख बराबरको भूमिदान गरेका छन् । 

गएको फागुन २४ गतेबाट महायज्ञ सुरु भएको थियो पण्डित दिनबन्धु पोखरेलले  कथावाचन गरिरहेका छन् । विहीबार सकिने महायज्ञ फेरि १५ दिन थप गरिएको आयोजक समितिले जनाएको छ । सो क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातक तह पढाइ हुँदै आएकोमा यस वर्षदेखि कृषि र वनको प्राविधिक शिक्षा तथा स्नात्तकोत्तर तह पढाइ सञ्चालन गर्ने तयारी गरिएको छ । 

प्रकाशित: ३ चैत्र २०७३ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App