७ वैशाख २०८१ शुक्रबार
समाज

मुस्ताङको थाक ठिनीमा बाह्र वर्षे मेला

पोखरा –  थकाली जातिको उद्गमस्थल मुस्ताङको थाक ठिनीमा आगामी चैत २९ गतेदेखि बाह्र वर्षे देवीछेव ढोङताङभ्यो (भोमो आमा)को भव्य दर्शन पूजा तथा मेला आयोजना गरिने भएको छ । 

मेलाबारे जानकारी दिन विशीबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सदस्य बसन्त थकालीले दीर्घायु, श्रीसम्पत्ति र सन्तानको बर प्रदान गर्ने देवीका रुपमा प्रत्येक १२ वर्षमा विशेष पूजा आजा हुँदै आएको बताए । 

मेलाका अवसरमा ठिनीको मध्यभागमा अवस्थित अखिम कर्पो (सेतो मन्दिर)मा बोन धर्मअन्तर्गत आर्य धर्म सम्प्रदायको विधि विधानअनुसार पूजा हुने जानकारी दिँदै उनले मेला अवधिभर करिब एक लाख भक्तजनले अवलोकन गर्ने बताए । 

मेलाका अवसरमा सांस्कृतिक कार्यक्रम, भलिवल प्रतियोगिता, स्थानीय खेल, झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने लामा श्यामप्रसाद थकालीले बताए । रासस

प्रकाशित: ३ चैत्र २०७३ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App