७ वैशाख २०८१ शुक्रबार
समाज

एसइईमा खोटाङका ३८३ विद्यार्थी अनुपस्थित

खोटाङ – एसइई (एसएलसी) परिक्षामा खोटाङका ३८३ विद्यार्थी अनुपस्थित भएका छन् । बिहीबारदेखि सुरु भएको एसइई परिक्षामा रेगुलरतर्फ ७८ जना, एक्जाम्टेडतर्फ ४८ जना र आंशिकतर्फ २५७ विद्यार्थी अनुपस्थित भएका हुन् । जिल्ला शिक्षा कार्यालयका अनुसार रेगुलर, एक्जाम्टेड र आंशिकतर्फ कूल ५ हजार २४४ जनाले फर्म भरेकामा झण्डै चार सय विद्यार्थी अनुपस्थित भएका हुन् । 
रेगुलरतर्फ ३ हजार ८९३ जनाले फर्म भरेकामा १०५ जना अयोग्य ठहरिएपछि बाँकी रहेको ३ हजार ७८८ जनामध्ये ३ हजार ७१० जना मात्र परीक्षामा सहभागि भएका छन् । यस्तै, आंशिकतर्फ १ हजार ८० जनाले फर्म भरेकामा ८२३ जना मात्र सहभागि भएको जिल्ला शिक्षा कार्यालयका तिर्थ विश्वकर्माले बताए । एसइई एक्जाम्टेडतर्फ २७० जनाले फर्म भरेकामा २२२ जना मात्र परीक्षामा सहभागी भएको शिक्षा कार्यालयले जनाएको छ । 
यसपल्ट रेगुलरतर्फ वर्षभरी विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका १०५ जना पनि परीक्षाबाट बञ्चित भएका छन् । जिल्लामा २३ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । अघिल्लो वर्षको तुलनामा यस पल्टको परीक्षा शान्त र मर्यादित बनेको जनाइएको छ । 
 

प्रकाशित: ३ चैत्र २०७३ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App