७ वैशाख २०८१ शुक्रबार
समाज

घुम्ती गोठबाट करोडौँ आम्दानी

लमजुङ – भेडाको ऊन तथा मासुबाट रु १० करोड बढी आम्दानी भएको छ । 

जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । 

घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु प्रतिकिलो रु ५०० का दरले बिक्री हुने गर्छ । “वार्षिक पाँच हजार किलो ऊन उत्पादन हुन्छ,” घिमिरेले भने। 

ऊनबाट स्थानीयवासीले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्ने गर्दछन् । गोठमा पालिएका बाख्राबाट समेत किसानले मनग्य आम्दानी गर्दैआएका छन् । घुम्ती गोठमा आठ हजार बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । खसी बोकाको मासुबाट मात्रै बर्सेनि रु ६ करोडभन्दा बढी आम्दानी हुने गरेको छ । 

जिल्लामा ८५८ घरधुरीले घुम्ती गोठमा भेडापालन गर्दैआएका छन् । घुम्ती गोठमा पालिएका भेडा अधिकांश पोखरा, काठमाडौँ लगायत सहरमा बिक्री गर्न लैजाने गरेका पाइएको छ । रासस 

प्रकाशित: ३ चैत्र २०७३ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App