४ वैशाख २०८१ मंगलबार
समाज

भक्तपुरमा ईट्टाभट्टाका मजदुरद्वारा आत्महत्या

भक्तपुर – विहीबार विहान आठ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी घुमाउनेस्थित ईट्टाभट्टामा काम गर्ने एकजना मजदुरले झुण्डिएर आत्महत्या गरेका छन् । दाङ घर भई हाल चाँगुनारायण नगरपालिका –५ स्थित जयशंकर ईट्टाभट्टमा काम गर्ने गोपाल चौधरीले नजिकैको पैयुको रुखमा घाँटीमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई आवश्यक प्रकृया पश्चात लास पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौँ  पठाइएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले बताए ।
 घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको उनले जनाए । 

प्रकाशित: ३ चैत्र २०७३ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App