१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

इलाम–  बिहीबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । 

समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । 
कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् । 

इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालले जानकारी दिए । रासस 

प्रकाशित: ३ चैत्र २०७३ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App