५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

सामूहिक बलात्कारको आरोपमा पूर्वमन्त्री पक्राउ

नयाँ दिल्ली- भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक पूर्वमन्त्री सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। एक महिनादेखि प्रहरीको खोजी लिस्टमा रहेका पूर्वमन्त्री गायत्री प्रजापतिलाई उत्तर प्रदेशको राजधानी लखनऊबाट बलात्कार आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सन् २०१४ मा एक महिलालाई सामूहिक बलात्कार गरेको र उनकी नाबालक छोरीलाई सताएको आरोपमा पूर्वमन्त्री प्रजापतिसहित अन्य तीन आरोपितका विरुद्धमा प्रहरीले अभियोगपत्र दर्ता गरेको छ।

पूर्वमन्त्री प्रजापतिले भने सामूहिक बलात्कारमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। अदालतले घटनाका बारेमा प्रहरीलाई अनुसन्धान गर्न प्रजापतिलाई दुई हप्ताका लागि न्यायिक हिरासतमा पठाउने आदेश जारी गरेको छ।

सन् २०१४ बाटै प्रजापतिलाई बलात्कारको घटनमा संलग्नताको आरोप लागेतापनि प्रहरीले विपक्षी दल र अधिकारकर्मीको व्यापक विरोध पछि गत महिना मात्रै उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो।

भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा पूर्वमन्त्री प्रजापतिले पराजित भएका थिए भने उनले प्रतिनिधित्व गर्ने समाजवादी पार्टीले पनि विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीसँग लज्जास्पद पराजय भोगेको छ।

सन् २०१२ मा एक विद्यार्थीको दिल्लीको सार्वजनिक बसमा सामूहिक बलात्कार पछि हत्या भएको घटना पछि भारतमा यौन हिंसाका बारेमा सुक्ष्म रुपमा आवाज उठ्न थालेको भएतापनि महिला र बालबालिकालाई क्रुर यौनजन्य हिंसाका घटनाका समाचार बेला बेला भारतमा आइरहन्छ।

 

प्रकाशित: ३ चैत्र २०७३ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App