coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सयौं टेस्टमा स्वर्णिम सुरुआत

कोलम्बो- दिनेश चण्डीमलको अर्धशतकप्रेरित श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बुधबार सामान्य सुरुआत गरेको छ। भ्रमणकारी बंगलादेशका लागि भने  सयौं टेस्टको सुरुआत स्वर्णिम रह्यो।

खराब प्रकाशका कारण पहिलो दिनको खेल निर्धारित समयभन्दा ७ ओभर पहिले सकिँदा श्रीलंका २३८–७ मा खेलिरहेको छ। घरेलु टोलीका चण्डीमल ८६ र कप्तान रंगना हेराथ १८ रनमा खेलिरहेका छन्। २ सय १० बल खेलेका चण्डीमलले ४ चौका प्रहार गरे भने हेराथले ६३ बलमा २ चोैका प्रहार गरेका छन्।

३५–३ को अवस्थामा ब्याटिङका लागि आएका चण्डीमलले पाँचांै विकेटका लागि धनञ्जय डी सिल्भासँग ६६  तथा निरोसान डिकवेल र हेराथसँग क्रमश ४४ र ४३ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए।

३८ बलमा स्पिनर शाकिब अल हसनको बलमा एलबिडब्लुको सिकार भए पनि रिभ्युपछि भने उनले जीवनदान पाएका थिए।

५४ बल खेलेका डी सिल्भाले तैजुल इस्लामको बलमा बोल्ड हुनुअघि ५४ बलमा ५ चोैकासहित ३४ रन जोडे।

त्यस्तै ३७ बल खेलेका विकेटकिपर डिकवेलले ४ चौकाको मद्दतमा ३४ रन जोडे। उनी शाकिबको बलमा बोल्ड भएका थिए।

बंगलादेशका मेहदी हसन मिर्जाले ५८ रन तथा मुस्ताफिजुर रहमानले ३२ रन खर्चंदै समान २ विकेट लिए। त्यस्तै शाकिब अल हसन, तैजुल इस्लाम र सुवासी रोएले समान १ विकेट लिए।

प्रकाशित: ३ चैत्र २०७३ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App