८ वैशाख २०८१ शनिबार
समाज

दुर्लभ ग्रन्थ ‘पेमा काथाङ’ अभिलेखालयमा

काठमाडौं- संसारकै दुर्लभ मानिएको ‘पेमा काथाङ’ ग्रन्थ नेपालको राष्ट्रिय अभिलेखालयमा पाइएको छ। तिब्बती भाषाको उक्त ग्रन्थ संसारमै एक प्रतिमात्र छ। उग्यन गुरु पेमा ज्युङ ने क्यी नाम्थार डिङपो स्हाङ लिङ्मार ढाग्पा सुग्सो नामको यो ग्रन्थ अभिलेखालयबाहेक अन्यत्र कतै फेला नपरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक पुण्यप्रसाद पराजुलीले बताए। प्राध्यापक पराजुलीले तिब्बती भाषाका ग्रन्थ खोज्ने क्रममा ‘पेमा काथाङ’ फेला पारेका हुन्।

अभिलेखालयमा पाइएको उडि्डयान गुरु पद्मसम्भवको मध्यम जीवन ताम्रद्वीपका रूपमा विख्यात उक्त ग्रन्थ पनि सक्कल प्रति भने होइन। ‘सक्कल प्रति गायब छ,’ पराजुलीले भने, ‘सक्कल ग्रन्थ कैद गरेको माइक्रोफिल्म भने अभिलेखालयमा छ।’ उनका अनुसार २०३१ सालमा ओलाङचुङगोलाको गुम्बाबाट यो ग्रन्थ अभिलेखालयमा ल्याइएको थियो।

‘संसारमै एकप्रति मात्रै रहेको यो ग्रन्थ दुर्लभ मानिन्छ’, अभिलेखालयमा आयोजित एक कार्यक्रममा पराजुलीले भने, ‘त्यसैले यसलाई छपाएर बाहिर ल्याउनु आवश्यक छ।’ ग्रन्थ छपाउन सकेमा  महŒव बढ्ने उनको अनुमान छ। एक प्रतिमात्रै रहेकाले लोप हुन सक्ने खतरा भएको हुँदा प्रकाशमा ल्याउनु आवश्यक रहेको पराजुलीले बताए।

अभिलेखालयले पनि यस्ता लोपोन्मुख ग्रन्थ निश्चित समयसम्म मात्रै जोगाउन सकिने हुँदा सुरक्षित गर्न प्रकाशमा ल्याउनुपर्ने जनाएको छ। ‘यस्तो दुर्लभ ग्रन्थ अनुवाद गरेर बाहिर ल्याउँदा राम्रै हुन्छ,’ अभिलेखालय तिब्बती महाशाखाकी कल्पना पराजुलीले भनिन्, ‘अभिलेखालयमा यस्ता दुर्लभ ग्रन्थ दर्जनौं छन्। यी ग्रन्थ निश्चित समससम्म मात्र सुरक्षित गर्न सकिन्छ।’

प्रकाशित: ३ चैत्र २०७३ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App