coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उत्कृष्ट फोटो पत्रकारलाई मेगा बैंकको साथ

सम्झौतापत्रमा हस्ताक्षरपछि मेगा बैंकका सिइअाे अनिल शाह (बायाँ) तथा एनएफपिजेका अध्यक्ष ध्रुव अाले

काठमाडौं— राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आयोजना गर्न लागेको फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ का लागि उत्कृष्ट फोटो पत्रकार अवार्डको प्रायोजन मेगा बैंकले गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा बुधबार एनफपिजेका अध्यक्ष ध्रुव आले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले हस्ताक्षर गरेका छन्।

स्थापनाको २० औं वर्षगाँठ पारेर एनएफपिजेले २०७४ वैशाख १३ गते फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड आयोजना गर्दैछ। राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर सो अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो।

स्थापनाको २० औं वर्षगाँठ पारेर एनएफपिजेले २०७४ वैशाख १३ गते फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड आयोजना गर्दैछ। राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर सो अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो।

५० हजार राशिको ‘डिबी थापा फोटो पत्रकारिता लाइफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्र्सन रहेको छ।  २५ हजार रुपैयाँ पुरस्कार राषिको ‘वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड’को प्रायोजन मेगा बैंकले गर्ने भएको हो। एनएफपीजे एक्टिभ मेम्बर अवार्डबाहेक उत्कृष्ट दस विधाका विजेताहरुबाट छानिएका एक जनालाई सर्वोत्कृष्ट फोटो पत्रकार घोषणा गरिने अवार्ड कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिए।

विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिने उनले बताए।

पुरस्कार प्रतिस्पर्धाका लागि छापा तथा डिजिटल मिडियामा कार्यरत सक्रिय फोटो पत्रकारहरुले एनएफपीजे कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ।

प्रकाशित: २ चैत्र २०७३ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App