५ वैशाख २०८१ बुधबार
प्रवास

युएइमा मृत्यु भएका मृतकको परिवारलाई १२ लाख सहयाेग

नारायण भुर्तेल

युएई - धादिङ सेवा समाजल युएइले युएइमा मृत्यु भएका मृतकको परिवारलाई  १२ लाख ६३ हजार रुपैयाँ सहयोग गरेको छ।  युएइमा डेड महिना अगाडि उच्चरक्त चापका कारण निधन भएका धादिङ जिल्ला ज्यामरुङ  ९ गैह्रेगाउँका थान बहादुर गुरुङको परिवारलाई उक्त रकम सहयोग गरेको हो।  समाजले युएइमा कार्यरत  समाजका सदस्यहरुको मृत्यु भएमा  मृतकको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ।

शुक्रबार एक कार्यक्रम गरी गुरङको बाल बच्चाहरुको पढाइकोलागि समाजले दिने  १ लाख रकमसहित थप  रकम परिवारको खातामा पठाएको धादिङ सेवा समाजका अध्यक्ष भिम अधिकारीले बताए।

प्रकाशित: २६ असार २०७३ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App