coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

लन्डन स्कुल अफ इकोनोमिक्समा महिला अधिकार सम्बन्धी लामो भाषण पछि एन्जोलिना जोलीको चर्चा फेरी चुलिएको छ। यो भाषणले जोलीको करिअरले नयाँ फड्को मारेको छ। ४१ वर्षीय जोली शिक्षण क्षेत्रमा देखिएको यो पहिलो पटक हो। उनले लन्डन स्कुल अफ इकोनोमिक्समा आगामी सेप्टेम्बरबाट  स्नात्तकोत्तर तहका विद्यार्थीहरुलाई अध्यापन गराउने भएकी छिन्। शैक्षिक क्षेत्रमा यो उपस्थितीले क्याम्पसमा उत्साह छाएको विद्यार्थीहरुले बताएका छन्।  

कलेजमा उनको  उपस्थितीलाई आश्चर्यजनकरुपमा हेरिएको छ। जोलीले औपचारिक प्रस्तुती नयाँ शैक्षिक सत्रबाट सुरु गर्ने जनाइएको छ। उनले साताको एक पटक मात्र प्रस्तुती दिने छन्।  

जोलीले महिला अधिकार, महिला माथि हुने गरेको यौन हिंसा,तथा महिला तथा किशोरीहरुसंग सम्बन्धित अन्य अपराधहरुमा केन्द्रित रहने छ।

प्रकाशित: २ चैत्र २०७३ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App