५ वैशाख २०८१ बुधबार
समाज

बैतडीका स्थानीय तहमा खटाइयो कार्यकारी अधिकृत

बैतडी – जिल्ला समन्वय समितिको कार्यालय बैतडीले जिल्लाका १० ओटै नयाँ गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत खटाइएको छ । 

"नयाँ व्यवस्था नहुँदासम्म गाविस सचिवमध्ये ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ: – स्थानीय विकास अधिकारी बिष्ट

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहेका र बाँकी आठवटा स्थानीय तहमा कार्यकारी अधिकृत खटाइएको स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिए। 

नयाँ व्यवस्था नहुँदासम्म गाविस सचिवमध्ये ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको उनले बताए। पुरचौँडी नगरपालिकामा ललितबहादुर चन्दलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ भने मेलौली नगरपालिकामा धौलराम सार्कीलाई जिम्मेवारी दिइएको छ । 

यस्तै, सिगास गाउँपालिकामा जयबहादुर बोहरा, सुर्नया गाउँपालिकामा कमलापति भट्ट, शिवनाथ गाउँपालिकामा लोकराज भट्ट, पञ्चेश्वर गाउँपालिकामा रवीन्द्र पुनमगर, दोगडाकेदार गाउँपालिकामा मानसिंह साउद र डिलाशैनी गाउँपालिकामा रामकुमार रानालाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । 

यसैगरी, ८४ वडामध्ये ८२ वटा वडामा वडासचिव खटाइएको जिल्ला समन्वय समिति बैतडीले जनाएको छ । तत्कालका लागि प्राविधिक सहायकलाई समेत वडा सचिवको जिम्मेवारी दिइएको छ । नयाँ गाउँपालिका तथा नगरपालिकाबाट बुधबारदेखि नै सेवा सुरु भएको छ । नयाँ संरचनाअनुसार केन्द्र तोकी केन्द्रमा कार्यकारी अधिकृत रहने र वडा केन्द्रमा वडासचिव रहनेछन् । दशरथचन्द नगरपालिकाको केन्द्र गढी तोकिएको छ भने पाटन नगरपालिकाको केन्द्र पाटन नै तोकिएको छ । 

यस्तै, सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर, सिगास गाउँपालिकाको केन्द्र शिवलिङ्ग, डिलाशैनी गाउँपालिकाको केन्द्र डिलाशैनी, दोगडाकेदार गाउँपालिकाको केन्द्र देउलेक, पञ्चेश्वर गाउँपालिकाको केन्द्र आम्चोरा, शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान, मेलौली नगरपालिकाको केन्द्र मेलौली र पुरचौडी नगरपालिकाको केन्द्र हाट तोकिएको छ । 

प्रकाशित: २ चैत्र २०७३ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App