४ वैशाख २०८१ मंगलबार
राजनीति

संघीय समाजवादी फोरमले लियो सरकारसँगको समर्थन फिर्ता

काठमाडौं –  संघीय समाजवादी फोरमले सरकारसँगको समर्थन फिर्ता लिएको छ । 

“मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ, फोरमसँगै मोर्चामा आवद्ध अरु दलहरूले पनि सभामुखलाई भेटेर चिठी बुझाउने कार्य भइरहेको छ । ” - नेता शिवजी यादव

फोरमले सभामुख ओनसरी घर्तिलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएको हो । फोरम नेपालको तर्फबाट संसदीय दलका नेता अशोक राईले हस्ताक्षर गरेको चिठी नेता शिवजी यादवले सभामुखलाई बुझाउँदै चैत २ गतेबाट औपचारिक रुपमा समर्थन फिर्ता लिएको नागरिक न्युजलाई जानकारी  दिए । 
नागरिकसँग कुरा गर्दै उनले भने “मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ, फोरमसँगै मोर्चामा आवद्ध अरु दलहरूले पनि सभामुखलाई भेटेर चिठी बुझाउने कार्य भइरहेको छ । ”
मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बिजुलिबजारमा बसिरहेको छ ।

प्रकाशित: २ चैत्र २०७३ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App