coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको निम्ता डा.केसीद्वारा अस्वीकार

काठमाडौं— अनसन सुरु गर्नुभन्दा केही घन्टा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटका लागि पठाएको निमन्त्रणा डा.गोविन्द केसीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि २ बजे केसीलाई बालुवाटार निवासमा बोलाएका थिए।

अनसन सुरु गर्ने अन्तिम समयमा सरकारले डा.केसीलाई बोलाएको हो। डा.केसी प्रधानमन्त्री निवास नगए पनि उनले आफ्ना सहयोगीलाई वार्ता गर्न प्रधानमन्त्री निवास पठाएका छन्।

'अनसन सुरु गर्न केही घन्टा मात्र बाँकी रहेकाले डा.केसीले अन्तिम समयमा यताउता गर्दा इनर्जी खेर जाने भनेर आउन चाहनुभएन। सरकारसँग वार्ता गर्ने जिम्मा उहाँले सहयोगीहरुलाई दिनुभएको छ', स्रोतले भन्यो।

प्रधानमन्त्री कार्यालयबाट डा.केसीलाई सम्पर्क गर्नुअघि नै सञ्चारकर्मीहरुलाई एसएमएस पठाएर प्रचार गरिएको थियो। सो विषयप्रति डा.केसीले असन्तुष्टि जनाएका छन्। 'सिरियसली कुरा गर्ने भए पहिला वार्ता गरिन्थ्यो कि हल्ला गरिन्थ्यो भन्ने कुरा हो', केसीले नागरिकन्युजसँग भने, 'सरकार केसीका मुद्दामा गम्भीर थियो। त्यति हुँदाहुँदै पनि मानेनँ भनेर प्रचार गर्न यो गरिएको जस्तो लाग्यो।'

डा.केसीले आज ३ बजे टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन सुरु गर्दैछन्। उनी ४ बजेदेखि अनसन बस्ने तयारीमा छन्।

प्रकाशित: २६ असार २०७३ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App