coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश र केन्द्रको चुनाब अघि सीमांकन संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र केन्द्रको निर्वाचन अघि सीमाङ्क हेरफेर गर्ने गरी संविधान संशोधन गर्ने वचन मधेसी मोर्चाका नेताहरुलाई दिएका छन्। सो वचन दिँदै उनले मोर्चालाई घोषित स्थानीय निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका हुन्। 

'प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई प्रदेश र केन्द्रको निर्वाचन अघि सींमाङकन टुंग्याउने गरी सहमति  गरौं भन्ने प्रस्ताव राख्नुभयो', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द अचार्यले भने।

प्रधानमन्त्री दाहालले आज मोर्चालाई छलफलको लागि सिंहदरवारमा बोलाएका थिए। ‘प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई प्रदेश र केन्द्रको निर्वाचन अघि सींमाङकन टुंग्याउने गरी सहमति गरौ भन्नु भयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आर्चायले भने, ‘मोर्चाका नेताहरुले सल्लाह गरेर निर्णय गर्छौ भन्ने जवाफ दिनु भएको छ ।’

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अघि बढ्न सकेको छैन। यता सरकारले स्थानीय निर्वाचनको मिति वैशाख ३१ गतेको लागि घोषणा गरेको छ। मधेस केन्द्रीत दलहरुले संविधान संशोधन विना निर्वाचनमा नजाने अडान राख्दै आएका छन्। 

मधेसी मोर्चाको बैठक अघिले दुई बजे बस्दैछ । 
 

प्रकाशित: २ चैत्र २०७३ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App