७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा

काठमाडौं–नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आइतबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले दल दर्ताका लागि निवेदन दिएको हो। नयाँ शक्तिले यसअघि झण्डामा प्रयोग गरेको एउटा तारालाई आफ्नो चुनाव चिन्हलागि दाबी गरेको छ।

नयाँ शक्तिले दिएको निवेदन अध्ययन गरेर केही दिनभित्र प्रमाणपत्र दिने आयोगले जनाएको छ।   तत्कालीन एमाओवादी परित्याग गरी भट्टराईले केही समय अगाडि नयाँ पार्टी गठन गरेका थिए।

 

प्रकाशित: २६ असार २०७३ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App