coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हिरण्यवर्ण महाविहारलाई संग्रहालय बनाइने

ललितपुर– ललितपुरको पुल्चोकस्थित हिरण्यवर्ण महाविहार संग्रहालयमा परिणत हुने भएको छ । सय वर्षभन्दा पुरानो इतिहास रहेको महाविहारमा थुप्रिएका बहुमूल्य वस्तु एकीकृत गरी संग्रहालयमा परिणत गर्ने तयारी भएको बौद्ध विहार सुधार समिति अध्यक्ष पुष्परत्न शाक्यले बताए । 

उनका अनुसार यो विहार आर्थिक, सांस्कृतिक हिसाबले मुलुककै सबैभन्दा सम्पन्न र ऐतिहासिक मानिन्छ । ‘पुराना ऐतिहासिक वस्तुको जम्मा गर्ने कार्य भइरहेको छ,’ शाक्यले भने, ‘स्थानीय र पुरातŒवसँग छलफल गरिसकेका छौँ ।’ उनले विहारभित्र स्थापनाकालदेखिका कलात्मक र बहुमूल्य ग्रन्थ सुरक्षित रहेकाले तिनलाई सुरक्षित राख्न आवश्यक ठानिएको बताएका छन्।‘

‘किंवदन्तीअनुसार नौ सय वर्षपहिले काठमाडौं उपत्यकाको पानी बाहिर गएपछि उपत्यकामा तीन धार्मिक विहार स्थल बनेका थिए,’ शाक्यले भने, ‘त्यसमध्ये यो विहार पनि एक हो ।’ 

त्यसो त उपयुक्त स्थान नभएकै कारण संग्रह गरिएका पुराना कलाकृतिलाई जथाभावी राखिएको छ । समितिका महासचिव पुर बज्राचार्यका अनुसार विहारमा भक्तजनबाट प्राप्त भएका र पुराना राजाले बाहिरी मुलुकबाट ल्याएका सामग्री छन् ।

अहिले विहार गुठीभित्र पाँच हजार परिवार समेटिएको बज्राचार्यले बताएका छन् । ‘विहारसँग आबद्ध परिवारका लागि यो क्षेत्र आस्थाको केन्द्र मानिन्छ,’ बज्राचार्यले भने । 

समितिका अध्यक्ष शाक्यका अनुसार विहारमा रहेका वस्तु किरात, लिच्छवी र मल्लकालसँग जोडिएका छन् । उनी भन्छन्, ‘लिच्छवीकालदेखि नै एक भक्त बालकको ध्यान र पराक्रमसँग जोडिएको यो विहारमा अहिले पनि ती बालकको अवतारकै रूपमा पुजारी नियुक्त गरेका छौँ ।’

संग्रहालय बनाउन अहिले रकम संकलन गर्ने कार्य पनि भइरहेको अध्यक्ष शाक्यले बताए ।

 

प्रकाशित: २ चैत्र २०७३ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App