७ वैशाख २०८१ शुक्रबार
समाज

बसन्तपुरको सत्तल अतिक्रमण

भगवती मन्दिरको रूपमा चिनिने बसन्तपुर क्षेत्रको सत्तलमा राखिएको आइसक्रिम पसल । तस्बिरः सुरेश सिलाकार

काठमाडौं– बसन्तपुर दरबार क्षेत्रको पश्चिम पट्टी (गद्दी बैठकसँगै)को सत्तल (भगवती मन्दिर) अतिक्रमण गरिएको छ । स्थानीय व्यापारी हरिकृष्ण तण्डुकारले व्यापारिक प्रयोजनका लागि सत्तल अतिक्रमण गरेका हुन् ।

उक्त सतलमा इन्द्रजात्राको समयमा एक सातासम्म भगवतीको मूर्तिसमेत राखिने गरिन्छ । त्यसैले यस सत्तललाई भगवती मन्दिर भनेर पनि चिन्ने गरिन्छ । सत्तल गत वर्षको भूकम्पमा सामान्य क्षति पुगेको थियो । सत्तलको मर्मत सम्भार गरेर संरक्षणसमेत गरिने भन्दै गुठीले कलात्मक ढोका हाल्न थालेको थियो । 

गत हप्ता ढोका लगाउने काम सम्पन्न भएपछि सत्ताल भाडामा दिएर पसल चलाउन थालिएको हो । ‘सत्तलको मर्मत र संरक्षण गर्नका लागि ढोका हालिएको भनियो,’ सम्पदा संरक्षण संर्घष समितिका गणपतिलाल श्रेष्ठले भने, ‘ढोका लगाएपछि त पसल पो राख्न थालिएछ । विश्व सम्पदा क्षेत्रलाई यसरी व्यापारिक प्रयोजनमा प्रयोग गरेर सम्पदा क्षेत्रको महŒव घटाउने काम गरेको छ ।’ श्रेष्ठका अनुसार गुठी संस्थानले व्यापारी तण्डुकारलाई उक्त सत्तल भाडामा लगाएको हो । यसअघि कँडेल गुठीले उक्त सत्तल हेरचाह गर्दै आएको थियो । सोही कँडेल गुठीले नै ढोका लगाएको स्थानीयले बताए ।

बसन्तपुर क्षेत्रमा पुरातŒव विभागको दरबार हेरचाह अड्डा र काठमाडौं महानगरपालिको हनुमानढोका दरबार संरक्षण कार्यक्रम गरी दुई वटा संस्थाले राजस्व उठाउने तथा संरक्षणको जिम्मा लिँदै आएका छन् । तर, सम्पदा क्षेत्रको अतिक्रम हुँदा भने यी दुवै निकाय मौन बसेको स्थानीयको आरोप छ ।
संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल भने सम्पदा क्षेत्रलाई व्यापारीकरण गरिनु आपत्ति जनाउँदै पुरातŒव विभागको कमजोरीले यस्तो भएको बताउँछन् । ‘बसन्तपुरभित्रका सम्पदाको बारेमा पुरातŒव विभागअन्र्तगतको दरबार हेरचाह अड्डाले हेर्ने गर्दछ,’ पसखलले भने, ‘सत्तल तथा मन्दिरमा पसल राख्न दिँदा सम्पदा क्षेत्रको अर्थ नै हराउने भन्दै मौखिक जानकारी दिएका छौँ तर अड्डाले किन बेवास्ता गरिरहेको छ, केही जानकारी छैन ।’ उनका अनुसार बसन्तपुर क्षेत्रमा आउने विदेशी पर्यटकले एक हजार शुल्क तिर्नुपर्छ । जसमा ७ सय ५० महानगरपालिका र २ सय ५० हेरचाह अड्डाले लिने गर्दछ ।
यता दरबार हेरचाह अड्डाको प्रमुख अरुणा नकर्मी भने गुठीले  केही जानकारी नगराई जबर्जस्ती पसल सञ्चालन गरेको बताउँछिन् । ‘हामीलाई पसल राखेकोबारे थाहा छैन,’ प्रमुख नकर्मीले भनिन्, ‘यसरी पसल राख्नु भने राम्रो होेइन ।’ उनका अनुसार अड्डाले पसल हटाउन अनुरोध गरे पनि नहटाएपछि गुठी संस्थानमै पत्रचार गरिएको छ । 

गुठी संस्थानले भने सत्तल अतिक्रमण परेको जानकारीमा आएको बताएको छ । ‘सत्तल अतिक्रमण परेको जानकारी कार्यालयमा आएको छ,’ संस्थानका प्रवक्ता सरोज थपलियाले भने, ‘स्थलमै गएर अनुसन्धन गरी गलत भएको रहेछ भने हामी हटाउन लगाउने छौँ ।’

प्रकाशित: २ चैत्र २०७३ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App