coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माइक्रोबसको ठक्करबाट दुई दम्पतिको मृत्यु

बुटवल– रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई दम्पतीकै श्रीमान–श्रीमतीको ज्यान गएको छ । 

सैनामैना नगरपालिकाको झारगैरामा मंगलबार बिहान माइक्रो बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइलमा सवार ४८ वर्षीय नारायण खनाल र ३२ कमला खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

बाटो काट्ने क्रममा खनाल दम्पती चढेको लु ९ प ४४८८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ ज २२३० नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो। 

ठक्करबाट सख्त घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो। 

प्रकाशित: १ चैत्र २०७३ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App