६ वैशाख २०८१ बिहीबार
समाज

खोटाङमा १०५ विद्यार्थी एसइई दिन अयोग्य

खोटाङ– विद्यालयमा नियमित उपस्थित नहुने खोटाङका सयभन्दा बढी विद्यार्थीले एसइई (एसएलसि) परीक्षा दिन नपाउने भएका छन्। रेगुलरतर्फ वर्षभरी विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका १०५ बिद्यार्थीले यसपल्टको एसइई परीक्षा दिन नपाउने भएका हुन्।

कक्षामा नियमित उपस्थित नभएको र पठनपाठनमा संलग्न नरहेको हाजिरी रेकर्डका आधारमा उनीहरुलाई परीक्षाका लागि अयोग्य ठहराइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए। विद्यालयका प्रधानाध्यपकले ‘अयोग्य’ उल्लेख गरेर पठाएको सिफारिसका आधारमा उनीहरुलाई परीक्षामा सामेल नगराउने निर्णय गरिएको हो। ‘भर्ना गरेर विद्यालय नगएका र विद्यालयको आन्तरिक मूल्यांकनमा कमजोर ठहरिएका विद्यार्थीलाई परीक्षाकालागि अयोग्य ठहराइएको हो,’ जिशिअ नेपालले भने, ‘परीक्षामा सामेल हुन नपाउने परीक्षार्थीलाई विद्यालयले जानकारी गराइसकेको छ।’

बिहिबारदेखि सुरु हुने एसइई परीक्षामा खोटाङका नियमिततर्फ ३ हजार ७८८, एक्जाम्डेटतर्फ २४८ र आंशिकतर्फ १ हजार ६५ गरी ५ हजार ९७ बिद्यार्थी सहभागी हुँदैछन् । जिल्लामा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७३ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App