coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ शक्ति संयोजक भट्टराई भारत प्रस्थान

काठमाडौँ– नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका छन् ।  

इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उनी त्यसतर्फ गएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुने बताइएको छ । 

नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुने सो पार्टीले जनाएको छ । 

भारत बसाईका क्रममा डा. भट्टराईले भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने बताइएको छ । रासस 

प्रकाशित: १ चैत्र २०७३ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App