रामेश्वर खनालद्वारा नयाँ शक्ति परित्याग

मङ्गलबार, ०१ चैत २०७३, १७ : ४१ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख रामेश्वर खनालले पार्टी परित्याग गरेका छन्। पछिल्लो समय पार्टीका कुनै गतिविधिमा सहभागी नभएका उनले सोमबार सामाजिक सञ्जाल ट्विटरबाट आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेका हुन्।

‘म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ’, सामाजिक सञ्जालमा आफ्नाबारेमा प्रष्टिकरण दिँदै उनले भनेका छन्। 

म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ’, सामाजिक सञ्जालमा आफ्नाबारेमा प्रष्टिकरण दिँदै उनले भनेका छन्। 

डा.भट्टराईले नयाँ शक्ति घोषणा गर्नु अगाडि गठन गरेको केन्द्रीय परिषदका संस्थापक २५ सदस्यमध्ये एक जना खनाल थिए। उनले नयाँ शक्ति पार्टीका आर्थिक योजना तथा प्रतिवेदन निर्माणमा प्रत्यक्ष रुपमा डा.भट्टराईसँग मिलेर काम गरेका थिए। उनी पार्टीको आर्थिक नीति विभाग प्रमुखको हैसियतमा काम गरिरहेका थिए। पछिल्लो तीन महिनायता भने उनी पार्टीप्रति निस्क्रिय रहेका थिए।

मंगलबार साँझ नागरिकन्युजसँग कुराकानी गर्दै उनले आफू कहिलै नयाँ शक्तिमा नरहेकाले परित्यागको कुरै नआउने जिकिर गरे।

‘म प्रवेश गरेको कांग्रेसमा मात्रै हो। अहिले पनि कांग्रेस नै हुँ। म नयाँ शक्तिमा कहिलै थिइनँ। नयाँ शक्तिको शुभेच्छुक चाहिँ थिएँ’, खनालले नागरिकन्युजसँग भने। 

डा.भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका माओवादी पार्टीहरुले ज्यान मुद्दामा सर्वोच्चले दोषी ठहर गरेका बालकृष्ण ढुंगेललाई अभिनन्दन गरेपछि सर्वसाधारणले उनीसँग प्रतिक्रिया मागेका थिए। त्यसको जवाफ दिने क्रममा सार्वजनिक रुपमै आफू सो पार्टीमा नरहेको भन्दै राजनीतिप्रति वितृष्णा जनाएका थिए।

नयाँ शक्तिमा विवाद भएपछि गत पुस २६ र २७ गतेका लागि तोकिएको केन्द्रीय परिषद बैठक अन्तिम समयमा रोकिएको थियो। सो परिषदमा असन्तुष्ट पक्ष निर्मल भट्टराई, देव लिम्बुलगायत केन्द्रीय नेताहरुले ११ बुँदे फरक मत राखेका थिए। उनीहरुले निःशर्त स्थानीय निर्वाचनमा जानु पर्ने र नेतृत्वले भारतपरस्त अारोपको व्यवस्थित खण्डन गर्नुपर्ने लगायतका माग उठाएको थियो। ती मागहरुप्रति खनाल स्वयंले नैतिक समर्थन जनाएका थिए।

यसअघि नयाँ शक्तिबाट केन्द्रीय परिषद सदस्य मुमाराम खनालले पार्टी छोडिसकेका छन्। 

खनालले ट्विटरमा गरेको अन्तरक्रिया

 









यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad