८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन विधेयक पारित नगर्ने शर्त आफू सरकारमा सहभागी भएको बताएका छन्।

‘छलफल हुनु सामान्य कुरा भयो। अहिलेको संशोधन विधेयक अघि बढ्दैन’, उनले भने।

प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापतिले संविधान संशोधन विधेयक अघि नबढ्ने भनेका कारणले म सरकारमा सहभागी भएको हुँ’, उनले भने, ‘प्रधानमन्त्रीज्यू र कांग्रेस सभापतिज्यूले मलाई यो बचन दिएकाले मात्र सरकारमा सहभागी भएको हुँ।’

संविधान संशोधनको अंक गणित पुर्‍याउने प्रयासस्वरुप थापा सरकारमा सामेल भएको चर्चा चलिरहेका सोमबर अध्यक्ष थापाले यस्तो बताएका हुन्।

सप्तरी घटनापछि उत्पन्न राजनीतिक परिस्थितिका कारण सरकारमा आएको उनले बताए। राप्रपाको भातृ संगठन मिडिया नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सप्तरी घटनापछि सरकारको स्थायित्वमा प्रश्न उठ्यो। चुनाब घोषणा भइसकेको अवस्थामा सरकारमाथि प्रश्न उठ्नु राम्रो होइन।’

तराईको ‘मोड्रेड फोर्स’सँग छलफल गर्ने निर्णय केपी ओली सरकारकै बेलादेखि भइरहेको भन्दै अध्यक्ष थापाले मधेसको समस्याको निकास खोज्नैपर्ने बताए। ‘छलफल हुनु सामान्य कुरा भयो। अहिलेको संशोधन विधेयक अघि बढ्दैन’, उनले भने।

वर्तमान सरकार चुनाब गराउन मन, वचन र कर्मले काम गरिरहेको उनको भनाइ थियो। चुनाब गर्ने विषयमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा प्रतिबद्ध रहेको उनले बताए।

प्रकाशित: १ चैत्र २०७३ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App