coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोर्चालाई मनाउन निर्वाचन र संशोधन सँगै अघि बढाउने कांग्रेसकाे निर्णय

काठमाडौं– नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी तथा वरिष्ट नेताहरु संम्मिलित बैठकले संविधान संशोधन र निर्वाचनलाई सँगै अघि बढाउने निर्णय गरेको छ। 

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेल, मधेशका नेताहरु फमुल्लाह मन्सुरलगायतको उपस्थितिमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजेदेखि बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

संविधान संशोधनसहितका ५ बुँदे मागसहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको अल्टिमेटमका विषयमा छलफल गर्न बैठक बसेको थियो। खास गरी मोर्चालाई कसरी मनाउने भन्ने विषयमा बैठकमा छलफल हुँदा निर्वाचन र संशोधन प्रस्तावलाई सँगै अघि बढाएर राजनीतिक गतिरोधको समाधान गर्नुपर्ने निर्णय कांग्रेसले गरेको नेताहरुले बताएका छन् । 

बैठकले चैत १० गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय पनि गरेको छ । पछिल्लो पटक कांग्रेस केन्द्रीय कमिटिको बैठक कात्तीकमा बसेको थियो । 

प्रकाशित: १ चैत्र २०७३ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App