८ वैशाख २०८१ शनिबार
समाज

साझा बसमा आगो लगाउने थुनामा, प्रमाण जुटाउँदै प्रहरी

काठमाडौं— प्रहरीले साझा यातायातको बसमा शनिबार आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐनअनुसार कारबाही थालेको छ। महानगरीय प्रहरी वृत्त बालाजुले आगजनीको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटी सदस्य नुवाकोट हल्दई कालिका गाविसका रजमान तामाङलाई पक्राउ गरेको हो।

वृत्तका डिएसपी सन्तोष तामाङले घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको हुलियाका आधारमा तामाङलाई सोमबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको बताए। उनले आगजनीमा संलग्न अन्यको खोजी र थप प्रमाण जुटेपछि अन्य मुद्दामा कारबाही हुनेगरी हाललाई सार्वजनिक अपराधमा पाँच दिन म्याद लिएर अनुसन्धान थालेको जानकारी दिए।

वृत्तका डिएसपी सन्तोष तामाङले घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको हुलियाका आधारमा तामाङलाई सोमबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको बताए। उनले आगजनीमा संलग्न अन्यको खोजी र थप प्रमाण जुटेपछि अन्य मुद्दामा कारबाही हुनेगरी हाललाई सार्वजनिक अपराधमा पाँच दिन म्याद लिएर अनुसन्धान थालेको जानकारी दिए।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शनिबार बालाजु बाइपासमा रोकिराखेको  बा४ख ५६४८ नम्बरको साझा बसमा आगो लगाएका थिए। काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीका अनुसार यात्रु बनेर चढेका चारजनाले बालाजुमा बस रोकिनासाथ अचानक पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लगाएर उनीहरू भागेका थिए। आगलागीबाट बसको भित्री भागमा क्षति भएको छ।

साझा यातायातका सुपरभाइजर हरेराम मिश्रले विमानस्थल यात्रुलाई लक्षित गरी सञ्चालन गरिएको रुटमा चल्ने बसमा आगजनी भएको बताए । उनका अनुसार बालाजु बाइपासमा यात्रु झारेर केही समय रोकिएको बसमा मास्क लगाएका युवाले पेट्रोल छर्केर आगो लगाएका थिए ।

सामुदायिक प्रयासमा सञ्चालित साझा यातायातले मंसिर १२ पछि ३० नयाँसहित काठमाडौं उपत्यका र बाहिर गरी ४६ बसमार्फत सेवा दिँदै आएको छ । बन्दहडताल र आपत्कालीन अवस्थामा समेत सर्वसाधारणलाई निरन्तर सेवा दिँदै आएको साझा यातायातमा शनिबार भएको आगजनीको नागरिक समाजबाट र सामाजिक सञ्जालमा व्यापक विरोध व्यक्त भएको छ ।

प्रकाशित: १ चैत्र २०७३ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App