coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसी मोर्चाको अल्टिमेट अाज सकिँदै, अबको बाटाे के?

काठमाडौं, फागुन ३० (नागरिक)– मधेसी मोर्चाले सरकारलाई दिएको सातदिने अटिल्मेटम मंगलबार सकिँदैछ । मोर्चाले गत फागुन २३ गते  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाई सात दिनभित्र स्थानीय चुनाव मिति फिर्ता लिन र परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेको थियो ।

सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने प्रधानमन्त्रीलाई मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । नयाँ परिस्थितिमा के गर्ने भन्नेबारे मोर्चाको सचिवालय बैठक मंगलबार बस्दैछ।

सचिवालय बैठकले आन्दोलनको रूपरेखा तयार गर्ने मोर्चाका नेताले बताएका छन् । बुधबार मोर्चाको शीर्ष बैठक बस्ने भएको छ। सचिवालयले तय गरेको आन्दोलनको रूपरेखाबारे मोर्चाको बैठकमा छलफल हुने मोर्चाका नेता केशव झाले बताए ।

प्रकाशित: १ चैत्र २०७३ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App