coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आपूर्तीमन्त्रीको पत्रकार भेटघाटमा उपभोक्ताकर्मीको बाझाबाझ

काठमाडौं– आपूर्ति मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले छुद्र व्यवहार देखाएका छन्। अन्तराष्ट्रिय उपभोक्ता दिवसको पूर्व सन्ध्यामा मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उपभोक्ता हितको पक्षमा वकालत गर्ने संस्थाहरुले आपूर्ती मन्त्री दीपक बोहाराकै अघि बाझाबाझ गरेर अशिष्टता प्रर्दशन गरेका हुन्।

मन्त्री बोहोराले पत्रकारलाई जिज्ञासा राख्न अनुरोध गरेपछि राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बाझाबाझमा उत्रिएका थिए।  कार्यक्रममा होहल्लानै भएपछि एक सञ्चारकर्मीले यो पत्रकार सम्मेलन हो की उपभोक्ता अधिकारकर्मीको जुँगाको लडाईं भन्दै प्रश्न गरेका थिए। पछि मन्त्री बोहोराले हस्तक्षेप गरी कार्यक्रम अघि बढाएका थिए। 

आगामी बुधबार मन्त्रालयले ‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, संरक्षण गरौं सम्पत्ति जीउ ज्यान’ भन्ने नारासहित उपभोक्ता दिवसको मनाउने तयारी बारे जानकारी दिन पत्रकार भेटघाटको आयोजना गरेको थियो।

महर्जनले उपभोक्ता दिवश सप्ताह सुरु भएपछि ग्यासको मूल्य नघटाए उपभोक्ता दिवश बहिस्कार गर्ने बताएका थिए। बानियाँले उपभोक्ता दिवशले चेतना अभिवृद्धि गर्ने कार्यक्रम भएकाले साथ दिनुपर्ने बताएका थिए। 

मन्त्री बोहोराले ग्यासको मूल्य बढाउनु सरकारको बाध्यता भएको स्पष्ट पार्दै उपभोक्ताकर्मीलाई आफ्नो पदीय मर्यादामा रहन सुझाए। बोहोराले अहिलेको विद्यमान ऐनको कारण पनि बजारलाई व्यवस्थित गर्न कठिनाई भएको बताउँदै उपभोक्ता पनि सचेत हुनुपर्ने बताए । उपभोक्ता दिवशको अवसरमा ७५ वटै जिल्लामा जनेचतनामूलक कार्यक्रम आयोजना गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले बताए । धितालका अनुसार फागुन २६ गतेदेखिनै सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 

उपभोक्ता अधिकारर्मीको नाममा खोलेका केही संस्थाहरु मागिखाने भाँडाको रुपमा प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । ‘उपभोक्ता अधिकारकर्मी बजार अनुगमनमा जानुपर्ने हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अनुगमन गर्ने र उपभोक्ता जनचेतनामा सघाउलान् भन्दा सँधै मन्त्रालयमा आएर मन्त्री र सचिव ज्यूको चाकडी गरेर नजिक बन्न तल्लिन छन्।’ त्यसकै आधारमा मन्त्रीले गठन गरेका विभिन्न समितिमा गैर उपभोक्ता अधिकारकर्मीलाई पनि समावेश गरेका थिए। केही उपभोक्ता अधिकारकर्मी उपभोक्ताको पक्षमा काम गर्दै आएको भए पनि केहीले व्यापारिकसँग वार्गेनिङ गर्ने, अनुगमको नाममा धम्की दिने गरेको व्यापारीले समेत गुनासो गर्ने गरेका छन्।


 

प्रकाशित: ३० फाल्गुन २०७३ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App