coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

यसरी जित्याे नेपालले केन्यालार्इ (फाेटाे/भिडियाे)

काठमाडौं— आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनअन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको छ। शनिबार प्रतिकुल माैसम(वर्षा)काे समयमा भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने लयमा देखिएकाे थियाे।

ज्ञानेन्द्र मल्लकै कप्तानीमा मैदान उत्रिएकाे नेपाली टाेलीका लागि कप्तान मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गरेकाे थियाे। 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ८ चाैका र एक छक्कासहित ६४ रन र दीपेन्द्र सिंह ऐरी ८ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन बनाएका थिए। शरद भेषवाकरकाे एक छक्का र ४ चाैकासहितकाे २४ रनकाे याेगदान पनि नेपालकाे जितमा महत्वपूर्ण रह्याे । केन्यालार्इ राेक्न क्रममा भेष्वाकरले २८ रन दिएर ४ विकेट समेत लिएका थिए।

हेर्नुस् खेलका दृष्यहरूः

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App