६ वैशाख २०८१ बिहीबार
खेल

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

अर्धसतक पूरा गरेपछि मल्ल र ऐरी। तस्विरः प्रबीन कोइराला

काठमाडौं—आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत सोमबारको खेल नेपाल कि गर कि मरको अवस्थामा थियो। कीर्तिपुरस्थित क्रिकेट मैदानमा केन्याले दिएको १५६ रनको चुनाैती नेपालले सहजै पूरा गर्‍यो।

३.३ ओभरमा दुई विकेट गुमाएको नेपालको इनिङ धर्मराएको अवस्थामा ऐरी मैदान प्रवेश गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन आएका उनले सम्हालिँदै इनिङ अघि बढाए। केही समय रक्षात्मक खेलेपछि यो जोडीले विस्फोटक ब्याटिङ गर्न सुरु गर्‍यो।

त्यसका सुत्रधार रहे कप्तान ज्ञानेन्द्र मल्ल तथा युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी।

केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। मल्ल ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका थिए। लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर उनले साझेदारी सुरु गरे। अाक्रमक र रणनीतिक देखिएको त्यो साझेदारीले नै नेपाललाई विजयको बाटो देखाएको थियो।

११५ रनको यो साझेदारी प्रतियोगिताकै उच्च हो।

३.३ ओभरमा दुई विकेट गुमाएको नेपालको इनिङ धर्मराएको अवस्थामा ऐरी मैदान प्रवेश गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन आएका उनले सम्हालिँदै इनिङ अघि बढाए। केही समय रक्षात्मक खेलेपछि यो जोडीले विस्फोटक ब्याटिङ गर्न सुरु गर्‍यो।

पहिलो पटक अन्तरार्ष्ट्रिय क्रिकेट खेलिरहेका ऐरी मात्र १७ वर्षका छन्। ऐरीले विस्फोटक ब्याटिङ गरका ऐरीले ८ चौका र एक छक्का प्रहार गर्दै ६२ रनमा पेभिलियन फर्किए। त्यतिबेला कप्तान मल्ल ५३ रन बनाएर खेलिरहेका थिए। मल्ल ६४ रन बनाएर अविजित रहे।

सोमबारको खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको थियो। पहिला ब्याटिङ गरेको केन्या ४६.१ ओभरमा १५५ रनमा अलआउट भएको थियो। शरद भेषवाकर तथा महबुब आलमको दवाबमा केन्याका खेलाडी जमेर खेल्न सकेनन्।

प्रकाशित: ३० फाल्गुन २०७३ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App