८ वैशाख २०८१ शनिबार
खेल

केन्याविरुद्ध नेपालको शानदार जित

जितपछि सेल्फी खिच्दै नेपाली टोली। तस्विरः प्रबीन कोइराला

काठमाडौं—आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको हो। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गर्‍यो।

ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गर्‍यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ८ चाैका र एक छक्का मद्दतले ६४ रन बनाए। ९३ बल सामना गरेका उनी नटअाउट रहे। विस्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरी ८ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन बनाएका थिए। शरद भेषवाकर २४ रनमा नटआउट रहे। उनले चार चाैका र १ छक्का प्रहार गरे।

३.३ ओभरमा दुई ब्याट्सम्यान ओपनर सुनिल धमाला र सागर पुन आउट भएपछि नेपालको इनिङ धर्मराएको थियो। सुनिल एक रनमा क्याच आउट हुन पुगेका थिए।

सुरुदेखि आक्रमक देखिएको नेपाली ब्याटिङ लाइन दुई विकेटको क्षतिपछि केही समय सम्हालिए पनि ज्ञानेन्द्र र दीपेन्द्रले विस्फोटक सुरुवात गरेका थिए।

टस जितेको नेपालले केन्यालाई ब्याटिङ निम्तो दिएको थियो। शरद भेषवाकरले ४ विकेट लिँदा केन्या १५५ रनमै अलआउट भएको थियो। १५६ रनको लक्ष्य पछ्‌याएको नेपालले सुरुदेखि नै आक्रमक खेल्न थालेको थियो।

निर्धारित ५० ओभरको खेलमा केन्या ४६.१ ओभरमै १५५ रन बनाउँदै अलआउट भएको थियो। नेपाल जितका लागि नेपालले १५६ रन पछ्‌याइरहेको छ।

केन्याले अघिल्लो १० ओभरमा केन्याले २ विकेट गुमाएर २६ रन बनाएको थियो। नेपालले भने १० ओभरमा ५१ रन बनाएको हो।

केन्याली ओपनर ब्याट्सम्यानहरु जम्न खोज्दै गर्दा  महबुब आलमले दवाब सिर्जना गरे। नेपालका लागि उनले पहिलो र दोस्रो विकेट लिए। केन्याको १४ रन हुँदा उनले पहिलो विकेट लिएका थिए। लगातार त्यसपछि उनले दोस्रो विकेट पनि ढाले। ७ ओभर बलिङ गरेका उनले ५ मेडन ओभर राख्दै ११ रन दिएका थिए।

केन्यालाई दवाबमा राख्न महत्वपूर्ण भूमिका शरद भेषावकरको रह्यो। उनले २८ रन दिएर चार विकेट लिए। आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

केन्याबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।

प्रकाशित: ३० फाल्गुन २०७३ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App