८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावमा मोर्चाले पनि भाग लिने विश्वास छः प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन/कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने दाबी गरेका छन्।   

निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी आयोगले आफ्नो कामलाई तीव्रता दिइरहेको सोमबार रिपोर्टर्स क्लमा उनले बतए । सबै राजनीतिक दलहरुले पनि चुनावको वातावरण बनाउन आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

उनले निर्वाचनको सुनिश्चितताको लागि राजनीतिक दलहरुभित्रै पनि सहमति हुनुपर्नेमा जोड दिए। 
‘दलहरुवीच देखिएका सबै खाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ,’ उनले भने, ‘यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ।’ दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागिरहेको भन्दै उनले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्ने बताए । ‘मधेश कन्द्रीत दलहरुले पनि चुनावमा भाग लिने मेरो विश्वास छ,’ उनले भने। 

उनले आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पूनवरावलोकन काम भैरहेको, मतपत्र व्यवस्थापन(छपाई)को काम भैरहेको जानकारी दिए। ‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथ अघि बढाएको छ,’ उनले भने। 

यादवले निर्वाचनको लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम पनि भइरहेको बताए। ‘जनशक्ति व्यवस्थापनको काम भैरहेको छ, यसको लागि हामीले सरकारलाई पनि चैत्र ३ गतेभित्रै कर्मचारी खटनपटन गर्न निर्देशन दिईसकेका छौं,’ उनले भने, ‘कर्मचारी खटनपटन भएपछि चुनावको वातावरण बन्छ।

गाउँपालिका र नगरपालिकाको मतदान केन्द्र राख्नेबारे अन्तिम चरणमा पुगेका छौं। आयोगभित्रैपनि कर्मचारी लगनशील छन्, उहाँहरु पनि दिनरात निर्वाचनको लागि वातावरण बनाउनुपर्छ।’

स्थानीय तहको प्रतिवेदन अनुसार ७४४ युनिटमै एकैदिनमा निर्वाचन गर्नुपर्ने भएकोले यसको लागि सरकारले आफ्नो दायित्व र कर्तव्यको रुपमा मधेशमा पनि चुनाव गराउनुपर्छ। ‘एकै दिन निर्वाचन गरिने भएकोले यसका लागि सरकारले प्रयास गर्नुपर्छ,’ उनले भने। 

‘मतपत्र चैत्र ५ गतेभन्दा अघि नै छपाउने गरी तयारी भैरहेको छ,’ उनले भने। मतदाताहरु करिब १ करोड ४० लाख हुने आफूहरुले अनुमान गरेको उनले बताए ।  

 

प्रकाशित: ३० फाल्गुन २०७३ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App