coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

काठमाडौं—नेपाल र केन्याबीचको दोस्रोको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। १५६ रनको लक्ष्य पछ्‌याइरहरहेको नेपालले सुरुदेखि नै आक्रमक ब्याटिङ गरेको छ।

१० ओभरमा नेपालले २ विकेट गुमाएर ५१ रन बनाएको छ। ओपनर सुनिल धमाला र सागर पुन आउट भएका हुन्।

केही समय सम्हालिएपछि ज्ञानेन्द्र र दीपेन्द्रले विस्फोटक ब्याटिङ गर्न सुरु गरेका थिए। दुवै नटआउट खेलिरहेका छन्।

सुनिल एक दनमा क्याच आउट हुन पुगेका थिए। ३.३ ओभरमा दोस्रो विकेट गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले इनिङ सम्हालेका थिए। केही समय सम्हालिएपछि ज्ञानेन्द्र र दीपेन्द्रले विस्फोटक ब्याटिङ गर्न सुरु गरेका थिए।

ज्ञानेन्द्र मल्लले ६ चौकाको मद्दतले ४० बलमा ३१ रन बनाएका छन्। ऐरीले ५ चौकाको मद्दतले २२ बलमा २५ रन बनाएर खेलिरहेका छन्। दुवैले ५० रनको साझेदारी गरेका छन्।

टस जितेको नेपालले केन्यालाई ब्याटिङ निम्तो दिएको थियो। शरद भेषवाकरले ४ विकेट लिँदा केन्या १५५ रनमै अलआउट भएको थियो। १५६ रनको लक्ष्य पछ्‌याएको नेपालले सुरुदेखि नै आक्रमक खेल्न थालेको थियो।

निर्धारित ५० ओभरको खेलमा केन्या ४६.१ ओभरमै १५५ रन बनाउँदै अलआउट भएको थियो। नेपाल जितका लागि नेपालले १५६ रन पछ्‌याइरहेको छ।

केन्याले अघिल्लो १० ओभरमा केन्याले २ विकेट गुमाएर २६ रन बनाएको थियो। नेपालले भने १० ओभरमा ५१ रन बनाएको हो।

केन्याली ओपनर ब्याट्सम्यानहरु जम्न खोज्दै गर्दा  महबुब आलमले दवाब सिर्जना गरे। नेपालका लागि उनले पहिलो र दोस्रो विकेट लिए। केन्याको १४ रन हुँदा उनले पहिलो विकेट लिएका थिए। लगातार त्यसपछि उनले दोस्रो विकेट पनि ढाले। ७ ओभर बलिङ गरेका उनले ५ मेडन ओभर राख्दै ११ रन दिएका थिए।

केन्यालाई दवाबमा राख्न महत्वपूर्ण भूमिका शरद भेषावकरको रह्यो। उनले २८ रन दिएर चार विकेट लिए। आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

केन्याबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।

प्रकाशित: ३० फाल्गुन २०७३ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App