सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो भिडियाे)

आइतबार, २६ असार २०७३, १२ : ४० प्रबिन कोइराला  | @i_m_pra

शहरी कोलाहाल र अस्तव्यस्तताबाट  मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको  यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र  शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।

अल्टिच्युट इनोभेशन प्राइभेट लिमिटेडले असार २२ देखि राजधानीवासीको मनोरन्जनका लागि  हुप्पी ल्याण्ड एण्ड एम्युजमेन्ट  पार्क संचालनमा ल्याएको छ । ६० रोपनी क्षेत्रफल रहेको उक्त पार्क २५ करोडको लगानीमा निर्माण गरिएको हो।

उक्त पार्कमा सबै उमेर समुहका व्यक्तिहरुले प्रवेश पाउने छन् ।उनीहरुले आफ्नो इच्छा गरे अनुसारको खेल खेल्न सक्नेछन्। हाललाई बालबालिका लागि प्रवेश शुल्क ४७५ र वयस्कालागि  ८२५ रुपैयाँ तोकिएको छ । १२ महिना नै संचालनमा आउने उक्त पार्कमा हाललाई १७ खेल समावेश गरिएको छ। उद्घाटनको अवसरमा  सवै ग्राहकलाई ४० प्रतिशत छुट दिइएको थियो । आगामी २ हप्तासम्म  उक्त छुट लागू हुने छ।

साथै  प्रवेश शुल्कबाट उठेको निश्चित रकम चोभार पर्यटन विकासका लागि खर्चने कम्पनीका प्रबन्ध निर्देशक सुजन बस्नेतले बताए।
पार्कमा प्रवेश गरेपछि त्यहाँ उपलब्ध सवै खेलको आनन्द उठाउन सकिने छ। संचालनमा आएको चार दिनमै करिब ७ हजार जनाले पार्कको अवलोकन गरिसकेको कम्पनीले जनाएको छ । अन्य दिन भन्दा शनिबार तथा सार्वजनिक बिदाका दिनमा पार्कमा आउने मनोरन्जन प्रेमीको संख्या बढी हुने गरेको बस्नेतले जनाए ।

 

 






















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad