६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

यस्तो छ बुस, ओवामा र ट्रम्पको लोकप्रियता

अमेरिकाको कुल जनसंख्याको ५४ प्रतिशत अर्थात् आधा भन्दा बढी जनसंख्या अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यप्रति आशावादी रहेको अनुसन्धानले देखाएको छ। उनीहरुलाई ट्रम्पले अझै पनि अमेरिकालाई शक्तिशाली र सम्पन्न बनाउन सक्नेमा विश्वास लागेको एक अनुसन्धानले पत्ता लगाएको छ। तर यो नतिजालाई पूर्व राष्ट्रपतिहरु बाराक ओवामा र जर्ज डब्लु बुससँगको कार्यकालसँग तुलना गर्ने हो भने यसरी आशावादी हुने नागरिकहरुको संख्या कम नै भएको शोधले देखाएको छ।

जर्ज डब्लु बुस प्रति आशावादी हुने नागरिकहरुको संख्या ६८ प्रतिशत थियो भने ओवामाको कार्यशैली प्रति आशावादी हुनेको संख्या ६२ प्रतिशत थियो।

वर्तमान अमेरिकी राष्ट्रपति जनता माझ कम लोकप्रिय हुनुमा पछिल्लो समयका उनका गतिविधि नै प्रमुख कारण मानिएको छ। ट्रम्पले वातावरण संरक्षणको क्षेत्रमा काम गर्न सक्ने भन्दै नागरिकहरु उनी माथि आशावादी भएको बताएका छन्। करिब ४० प्रतिशतको हाराहारीमा जनताहरु उनले सीमा सुरक्षाको क्षेत्रमा प्रशंसा गर्न लायकका कार्यहरु गरेको पनि बताएका छन्।

उर्जा नीतिका सम्बन्धमा समेत उनले राम्रो नीति ल्याउन थालेको भन्दै करिब ४६ प्रतिशत जनताले उनको समर्थन गरेको बताएका छन्। ४८ प्रतिशतले भने उनले राम्रो उर्जा नीति ल्याउन नसक्ने बताएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७३ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App