coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

काठमाडौं–सरकारले  छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको हो। विश्वमै दुर्लभ मानिने एकसिंगे गैडा उपहार स्वरुप चीनलाई दिने निर्णय भएको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए।

गत चैतमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला चिनियाँ वनमन्त्रीले गैंडा दिन आग्रह गरेका थिए। चिनियाँ आग्रहपछि सरकारले दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद बैठकले माओवादी सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जा गरेको घर जग्गामा विवाद भएमा प्रमुख जिल्ला अधिकारको संयोजकत्व समिति गठन गर्ने निर्णय गरेको छ। द्वन्द्वकालमा माओवादीले कब्जा गरेको जग्गा सहमतिमा बिक्री गरेको भए दुवैपक्षलाई बोलाएर पास गर्ने निर्णयसमेत गरेको छ। कब्जा गरेको जग्गामा विवाद भए प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गर्ने समस्या समाधान गर्ने सरकारले निर्णय गरेको छ।

 

प्रकाशित: २६ असार २०७३ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App