८ वैशाख २०८१ शनिबार
अर्थ

टेलिकमको दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क

काठमाडौं– नेपाल टेलिकमले होलीको अवसरमा डाटा, भ्वाइस र एसएमस सेवामा विशेष अफर ल्याएको छ। जिएसएम तथा सिडिएमए ग्राहकका लागि होली अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ। अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, युट्युब डाटा प्याक र सएमएस प्याक रहेका छन्।

रिचार्ज कार्डमा दुई सय रुपैयाँको रिचार्ज कार्डमा दुई सय डाटा, पाँच सय रुपैयाँको रिचार्ज कार्डमा पाँच सय एमबी र एक हजार रुपैयाँको रिचार्ज गर्दा एक जिबी डाटा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फागुन २९ गतेदखि चैत ३ गतेसम्म राती १० बजेदेखि बिहान ६ बजेसम्म उक्त डाटा ग्राहकले उपयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

त्यस्तै युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा दुई दिनका लागि एक जिबी, ६० रुपैयाँमा एक दिनको लागि पाँच सय एमबी डाटा रहेको छ । यो अफर भने २९ गतेदेखि चैत १३ गतेसम्म चल्ने छ । सो अफर लिनका लागि युवानजिबी वा  यु ५०० एमबी टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । 

टेलिकमले आफ्नो नेटवर्कभित्र १० रुपैयाँमा एक सयवटा एसएमएस सुविधा दिएको छ । उक्त सुविधा चैत १ देखि ३ गतेसम्म मात्र लागु हुने छ । एसएमएस सेवा लिनका लागि एसएमएस १०० टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।

प्रकाशित: २९ फाल्गुन २०७३ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App