८ वैशाख २०८१ शनिबार
राजनीति

सप्तरी पुगेर मोर्चाका नेताले भने: जनताले जवाफ फर्काउँछन्

लहान- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आईतवार राजविराजमा बोल्दै मलेठ घटनाको जवाफ जनताले फर्काउने चेतावनी दिएका छन्। उनले मलेठ घटनालाई सरकारबाट मधेसी जनताबिरुद्ध युद्धको घोषणा भएको टिप्पणी गरे। उनी सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिवार सप्तरी पुगेका थिए।

                मलेठमा सोमवार भएको घटनाले राज्यको मधेसप्रती नश्लीय चरित्र उदाँगो पारेको टिप्पणी गर्दै यादवले भने,‘मधेसप्रती राज्य विभेद कायम रहेसम्म जारी रहन्छ।’ 'हामीले राजनीतिक चरित्र अनुरुप सरकारलाई एक हप्ते अल्टिमेटम दिएर माग पुरा गर्न भनेका छौं', उनले थपे,‘समयसीमा भित्र माग पुरा नभए देशभर आन्दोलन चर्काउँछौं।’

                संघीय प्रेस फोरम राजविराजद्वारा आयोजित पत्रकार भेटघाटमा यादवले नेकपा एमाले अध्यक्ष केपी ओलीको मधेसप्रतीको कटाक्ष र कटु अभिब्यक्तिका कारण मधेसमा एमालेबिरोधी जनमत खडा भएको दाबी गरे।

                यसैगरी आईतवारै राजविराजमा प्रेस मञ्चद्वारा आयोजित पत्रकार भेटमा मोर्चाका अर्का नेता सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको मागउपर एमालेको बिरोधले उनीबिरुद्ध मधेसी जनता आक्रोशित बनेको दाबी गरे। उनले, मधेसीको भावनालाई आत्मसात गरेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गरे। संविधान संशोधन नगरी चुनावमा गए अवस्था अझ बिग्रिन सक्ने उनको चेतावनी थियो।

प्रकाशित: २९ फाल्गुन २०७३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App