७ वैशाख २०८१ शुक्रबार
समाज

जर्बजस्ती रंग दल्ने २२० जना पक्राउ, १२९५ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं—होली दिन अाइतबार ट्राफिक नियम उल्लंघन गर्नेे १ हजार २९४ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकामध्ये ६९४ लाई कारवाही गरी छाडिएको छ भने ५९६ ट्राफिक प्रहरीको नियन्त्रणमा छन्।

प्रहरीले होलीमा जर्बजस्ती रंग दल्ने, उच्छृङ्खल व्यवहार गर्ने र झैझगडा गर्ने २२० जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार नियमविपरित तीन जना, सवार हेल्मेट नलगाउने र मदाक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले होलीमा जर्बजस्ती रंग दल्ने, उच्छृङ्खल व्यवहार गर्ने र झैझगडा गर्ने २२० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंबाट १७३ केटा र ९ जना केटी छन्। ललितपुरबाट २१ केटा र भक्तपुरबाट १७ केटा रहेका छन्।

महानगरीय प्रहरी कार्यालयका उपरीक्षक गणेश ऐरीले होलीलाई अपराधरहित बनाउन प्रहरीले बाक्लै चेकजाँच र गौंडागौंडामा आकस्मिक चेकिङ गरेको थियो। उनका अनुसार उपत्यकामा केही बेरअघिसम्म ठूलो दुर्घटना र झैझगडा भएको छैन।
 

प्रकाशित: २९ फाल्गुन २०७३ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App