८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ र न्यु डायमन्ड फाइनलमा

काठमाडौं- एपिएफ र न्यु डायमन्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबारको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–११, २५–१५, २५–१८ ले पराजित गर्‍यो।

अर्को सेमिफाइनलमा न्यु डायमन्डले नेपाल पुलिसलाई २५–२१, २५–२७, २५–१५, २५–२३ ले हरायो। घरेलु भलिबलमा डायमन्ड र एपिएफले प्राय धेरै प्रतियोगिताको फाइनलमा भिड्ने गरेका छन। डायमन्डले  एक महिनअघि भएको सशस्त्र प्रहरी महानिरीक्षक भलिबल प्रतियोगिताको फाइनलमा एपिएफलाई हराउँदै उपाधि जितेको थियो। त्यसयता डायमन्ड र एपिएफ फाइनलमा भिडेका थिएनन्। एपिएफ एक साताअघि नेपालगन्जमा भएको चौथो प्रधानमन्त्री कप महिला भलिबलको फाइनल पनि भारतीय रेलवे टिमसँग पराजित भएको थियो।

पछिल्ला प्रतियोगितामा बेहोरेको हारलाई बिर्सने लक्ष्यसहित एपिएफ पर्वत पुगेको छ। शनिबारै प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि आर्मी र पुलिसबीचको खेल वर्षाका कारण हुन सकेन।

प्रकाशित: २९ फाल्गुन २०७३ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App