७ वैशाख २०८१ शुक्रबार
अन्य

बक्सिङले ल्यायो कार्यक्रम

काठमाडौं- नेपाल बक्सिङ संघले एकवर्षमा प्रतियोगिता र तालिम  गरी १० वटा कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ। अघिल्लो महिना निर्वाचित कार्यसमितिले पहिलो कार्यक्रमको रूपमा असार अन्त्यमा रेफ्री/जजका लागि हेटौंडामा पुनर्ताजकी तालिम आयोजना गर्ने भएको छ।

एकवर्षमा पाँच प्रतियोगिता गर्ने लक्ष्य लिएको संघले साउन अन्तिम साता राष्ट्रिय एवं नोभिस बक्सिङ प्रतियोगिता गर्नेछ। त्यसमा ५ सय खेलाडी सहभागी गराउने संघका महासचिव सविन भट्टाचार्यले जानकारी दिए।

मंसिरमा झापामा र्‍याकिङ बक्सिङ गर्ने लक्ष्य लिएको संघले असोज/कात्तिकमा युथ च्याम्पियनसिप गर्ने जनाएको छ। १६/१७ वर्षका खेलाडीलक्षित च्याम्पियनसिप पोखरामा हुनेछ।

अघिल्लो महिना राम अवालेको नेतृत्वमा बक्सिङ संघको नयाँ कार्यसमिति चयन भएको थियो। अवालेले महŒवाकांक्षी योजना सफल पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

संघले पुस/माघमा जिल्ला क्षेत्र तथा फागुनमा राष्ट्रियस्तरबाट प्रशिक्षकलाई तालिम दिने योजना बनाएको छ। चैतमा सिनियर बक्सिङ खेलाडीका लागि रेफ्री–जज कोर्स हुनेछ।

अर्को वर्षको सुरुआतमा बक्सिङ खेल विद्यालयस्तरबाटै विकास गर्ने योजनाअनुरुप सो चेतनामूलक कार्यक्रम गरिने संघले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सातौं राष्ट्रिय खेलकुद आयोजना गरे स्वतः त्यसमा प्रतियोगिता हुने अन्यथा संघले त्यही समयमा छुट्टै प्रतियोगितासमेत आयोजना गर्ने उल्लेख गरेको छ।

प्रकाशित: २६ असार २०७३ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App