coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सहिद गौतमलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

पुनर्वास(कञ्चनपुर)– भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका पुनर्वास नगरपालिका– ८ का गोबिन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि हुने भएको छ।

गोबिन्दको शव शनिबार सेती अञ्चल अस्पतालमा पोष्टमार्टमा भएको छ । यसअघि स्थानीय बासिन्दा र उनका आफन्तले शहिद घोषणा नहुन्जेल पोष्टमार्टम गर्न दिएका थिएनन्। शनिबार गोविन्दको पोष्टमार्टम गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताएका छन्। 

आफन्तको सहमतीमा आइतबार बिहान अन्त्यष्टी गर्ने तयारी गरिएको उनले बताए । उनको राष्ट्रिय सम्मानका साथ अन्त्यटी गरिने कञ्चनपुरका प्रमख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए। 
गृहमन्त्रालयबाट आएको परिपत्र अनुसार सरकारी धुन बजाएर ११ जना प्रहरीको टुकडीले सलामी दिने उनले बताए। 

 

प्रकाशित: २८ फाल्गुन २०७३ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App