७ वैशाख २०८१ शुक्रबार
राजनीति

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

नारायणगढ–  नेकपा एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शनिबार चितवन आइपुगेको छ । पार्टीका शीर्ष नेताहरुको सहभागितामा चितवनमा भरतपुर चौबीस कोठीबाट र्याली निस्किएकाे थियाे।  नारायणगढको नारायणी नदी किनारमा आयोजना भएको सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले सम्बोधन गरेका छन्।

‘यहाँ भारतले म बलियो छु भन्ने दम्भ देखाएको हो । जति बलियो भए पनि अर्कोको देशभित्र पसेर मान्छे मार्न पाइँदैन । यो विषयमा सरकारले भारतसँग सिधै केन्द्रीय तहमा वार्ता गर्नु पर्छ । स्थानीय तहमा हैन,’ ओलीले भने।

फागुन २१ गते झापाबाट सुरु भएको अभियान प्रदेश नम्बर दुईको सप्तरी प्रवेश गरेर आमसभा सम्पन्न गरे लगत्तै एमालेको अभियानको विरोधमा रहेका मधेसी मोर्चा र प्रहरीको झडप भएको थियो ।  सो झडमा प्रहरीको गोली लागेर तीनजना स्थानीयको ज्यान गएपछि एमालेले अभियान स्थगित गरेको थियो । सो अभियना शुक्रबार हेटौंडाबाट फेरि सुरु भएको छ । 

नारायणगढको सभामा बोल्ने सबै एमाले नेताहरुले सप्तरीमा भएको अवरोधको निन्दा गरे । एमाले अध्यक्ष ओलीले एमालेको शान्तिपूर्ण अभियान रोक्न खोजे परिणाम चर्को हुने चेतावनी दिए । ‘एमाले ज्यान जोगाउन सुटुक्क कुना पस्ने शक्ति होइन । हामीले शान्तीपूर्ण अभियान गर्दा कसैले विथोल्न खोज्छ भने त्यसको परिणाम चर्को हुने चेतावनी दिन्छु’ ओलीको भनाइ थियो ।

कञ्चरनपुरमा नेपाली सीमाभित्रै भारतीय सुरक्षा निकाय पसेर नेपालीलाई गोली हानेर हत्या गरेको घटनामा सरकार कडा रुपमा प्रस्तुत नभएको उनको टिप्पणी थियो। ‘यहाँ भारतले म बलियो छु भन्ने दम्भ देखाएको हो । जति बलियो भए पनि अर्कोको देशभित्र पसेर मान्छे मार्न पाइँदैन । यो विषयमा सरकारले भारतसँग सिधै केन्द्रीय तहमा वार्ता गर्नुपर्छ । स्थानीय तहमा हैन,’ ओलीले भने ।

एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेले कसैलाई चुनौती दिन र हठ देखाउन नभएर आफ्ना कुरा जनतासम्म पुर्याउन मेची महाकाली अभियान सुरु गरेको बताए ।

एमालेको अभियान विथोल्ने कार्य अप्रजातान्त्रिक चरित्र हो भनेर मधेसी मोर्चाका नेताहरुले नभनेका कारण उनीहरु पनि यसमा सामेल भएको पुष्टि भएको नेता नेपालको भनाइ थियो ।

‘त्यहाँ एमालेको नेतृत्वलाई एक चिहान बनाउने सम्मको योजना रहेछ । देश टुक्रा पार्नु पर्छ भन्ने चाहना राख्नेहरु पनि यो काममा छन् । सरकारको पक्षधर मानिएको मधेसी मोर्चा पनि हामीमाथिको आक्रमणको विरोधमा बोल्दैन । यस्तो पनि हुन्छ । यो फाँसिवादी निरंकुश चरित्र हो’ नेता नेपालले भने । कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्ने उनले बताए। कञ्चनपुर घटनामा सरकारले कुटनैतिक रुपमा कुरा अगाडि बढाएर भारतलाई माफी माग्न लगाउनु पर्ने उनले माग गरे ।

एमाले उपाध्यक्ष बामदेव गौतमले सप्तरीमा एमाले नेतृत्वको हत्यासम्म गर्ने योजना आएको थाहा पाएपछि सरकार र सुरक्षा निकायको अनुरोधमा अभियानका कार्यक्रमहरु दुई नम्बर प्रदेशमा स्थगित गर्नु परेको बताए । अभियान अन्तर्गत शनिबार नै नवलपरासीको कावासोतीमा एमाले शिर्ष नेतृत्वले सभालाई सम्बोधन गर्ने छन् । चितवनको कार्यक्रमपछि टोली नवलपरासी लागेको छ । 

तस्बिरहरूः रमेश पाैडेल

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App