coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय चुनावमा मेयरका उम्मेद्वारले सबैभन्दा बढी साढे ७ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारले गर्ने खर्चको सीमा तोकेको छ। निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको निर्वाचन प्रचारप्रसारलगायत कामका लागि उक्त खर्चको सीमा तोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् । 

निर्वाचन आयोगले तोकेको सीमा अनुसार सबैभन्दा चुनाव प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्न पाउनेमा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वार छन् । यी दुबै पदका उम्मेद्वारले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । 

त्यस्तै, उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेद्वारले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेद्वारले बढीमा ४ लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारहरुले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । 

पछिल्लो राज्य पुनरंरचनाअनुसार बनेको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखका उम्मेद्वारले २ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ । 

निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार सबैभन्दा कम खर्च गर्न पाउनेमा जिल्ला समन्वय समितिको सदस्यका उम्मेद्वार छन् । उनीहरुले १ लाख ५० हजारसम्म खर्च गर्न पाउँछन् । 

 

प्रकाशित: २८ फाल्गुन २०७३ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App