coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

केन्यालाई १०४ रनको चुनौती (अपडेट)

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको खेल बर्षाका कारण २९ ओभरमा छोट्याइएको छ। अब केन्याले २९ ओभरको खेलमा जम्मा १०४ रनको नयाँ विजयी लक्ष्य पाएको छ।

नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालका लागि कप्नानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले ५ चौकाको मदतले सर्वाधिक २७ रन बनाए। बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमा झारिएको थियो। केन्या ले टस जितेर बलिङ रोजेको थियो। केन्याका नोचेले १८ रन खर्चेर सर्वाधिक ३ विकेट झारेका थिए।  

......................................

-सागर पुनको क्याच आउट।

-नेपालले लियो पहिलो क्याच आउट।

-केन्याको दोस्रो विकेट गुमेको छ।

-सागरले पुनले दोस्रो विकेट लिए

- सागरको ह्याट्रिक। LBW by Sagar

-केन्याले १३.४ ओभरमा ५० रन जोडेको छ।

- केन्याले १६ ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको छ।

- केन्याको चौथो विकेट पतन भएको छ।

- कोलिन्स अबुया सन्दिपको बलमा एलबीडब्लू आउट भएका हुन्।

- केन्याले १८ ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनाएको छ।

- केन्याको ५ औं विकेट पतन भएको छ।

- वर्षाका कारण खेल रोकिएको छ।

- खेल २६ ओभरमा घटाएर केन्यालाई ९४ रनको नयां लक्ष्य दिइएको छ।

 

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App