७ वैशाख २०८१ शुक्रबार
कला

दुई अभिनेत्री सम्मानित

काठमाडौं- हरिप्रसाद–कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले दुई नाट्यकर्मी र दुई संचारकर्मीलाई शनिबार सम्मान गरेको छ। वरिष्ठ गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको ९१ औं तथा वरिष्ठ संचारकर्मी कल्याणी रिमालको ८० औं जन्मोत्सवको अवसरमा प्रतिष्ठानले अभिनेत्रीद्वय सुभद्रा अधिकारी र बसुन्धरा भुसाललाई हरिप्रसाद–कल्याणी रिमाल नाट्यसंगीत पुरस्कार तथा सञ्चारकमीद्वय कमल प्रधान र माइकल चन्दलाई हरिप्रसाद–कल्याणी रिमाल सञ्चारसेवा सम्मानबाट सम्मान गरेको हो।

राजधानीमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार सरूभक्तले हरिप्रसाद–कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले आफू रहेको संस्थाले गर्नुपर्ने काम गरिरहेको भन्दै यो संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए। 

अभिनेत्रीद्वयलाई जनही २५ हजार १ सय ११ तथा संचारकर्मीद्वयलाई ११ हजार १ सय ११ रूपैयाँसहित सम्मानित  गरिएको हो। अधिकारी र प्रधानलाई २०७० सालको तथा भुसाल र चन्दलाई २०७१ सालका व्यक्तित्वका रूपमा सम्मान गरिएको हो।

विगत १३ वर्षदेखि बिरामी भई घरमै आराम गरिरहेका हरिप्रसाद रिमालको स्वास्थ्यकै कारण गत वर्ष गर्नुपर्ने सम्मान कार्यक्रम प्रतिष्ठानले गर्न सकेको थिएन। २०६५ सालमा स्थापित सो प्रतिष्ठानले यसअघि नाट्यसंगीत पुरकारबाट वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, वरिष्ठ संगीतकार तथा गायक चन्द्रराज शर्मा, वरिष्ठ अभिनेत्री भुवन चन्द, वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई सम्मान गरिसकेको छ।

संचारसेवा सम्मानबाट वरिष्ठ संचारकर्मीहरू कृष्णा ताम्राकार, हरि श्रेष्ठ, ध्रुव थापा र दुर्गानाथ शर्मा सम्मानि भइसकेका छन्। कलासम्मानबाट गायकहरू सुदेश शर्मा, संजय श्रेष्ठ, माण्डवी त्रिपाठी, अजर जंगम, घनश्याम गौतम तथा मनोहर सुनाम सम्मानित भइसके।

कार्यक्रममा सम्मानपछि वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले आफ्नो गुरू संस्थाबाट पाएको सम्मानले माइतीबाटै केही पाएको महसुस गरेको सुनाइन्। 

प्रकाशित: २६ असार २०७३ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App