पारस खेल्नेमा शंका

शनिबार, २८ फागुन २०७३, १० : १८ नागरिक

काठमाडौं- केन्याविरुद्धको खेलका लागि तयारी गरिरहेका कप्तान पारस खड्काको फागुन ६ गते बेलुका पेटको शल्यक्रिया गरिएको थियो। अचानक पेट दुखेपछि धापसीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको पारसलाई क्यामरा प्रविधिबाट एड्हेसियोलाइसिस र कि होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) तथा इमर्जेन्सी ल्यापरोस्कोपिक एपेन्डिक्टोमी उपचारपछि ८ गते डिस्चार्ज गरिएको थियो।

‘दुभाग्य यस्तो अवस्थमा बिरामी हुनपर्‍यो। तीन दिनअघिको स्थितीमा आज धेरै सुधार आएको छ। तर खेल्ने नखेल्ने भोलीमात्र थाहा हुन्छ,’ कप्तान पारसले भने, ‘मलाई पनि खेल्न मन छ। स्वस्थ्य पनि राम्रो भइरहेको छ। तर, टिम गेम हो। मैले खेल्न नपाए पनि मेरो स्थानमा लिने त्यसको परिपूर्ति गर्छ। टिम राम्रो छ। त्यसैले मैले नखेले पनि नेपालले जित्न सक्छ भनेर प्रतिणित गर्नेमा म विश्वस्त छु।’

प्रशिक्षक टमाटाले पनि पारस नखेलेको स्थितीमा आफुसँग अर्को विकल्प रहेको बताए। उनले थपे, ‘पक्कै पनि पारस टिमको कप्तान हो। मध्यक्रममा राम्रो हुन्छ। तर उनी नभएको अवस्थमा पन अन्य खेलाडीले पनि राम्रो गर्न सक्छ। हामी त्यसका लागि तयार छौं।’

करण केसी घाइते

खेलको एक दिनअघि तिब्र गतिका बलर करण केसी विरामी भएपछि शनिबार टोलीमा हुनेछैनन्। शुक्रबार अचानक पेटमा दुख्नुका साथै भोमिट भएपछि उनलाई बल्खुस्थित बयोदा अस्पतालमा भर्ना गरिएको छ। एपेन्टिसाइटिसको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी केन्याविरुद्धको दुबै खेलमा उपलब्ध हुने छैनन्। नेपाली टोलीले उनको स्थानमा बैकल्पिक खेलाडी अविनास कर्णलाई टोलीमा राख्न आइसिसीलाई सिफारिस गरेको छ।

बर्षाले खेल प्रभावित हुन सक्ने

पश्चिमी वायुको प्रभावले शुक्रबार लगायत उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बदली भई छिटफुट वर्षा भएको छ। पश्चिमी न्यूनचापिय प्रणालीको प्रभावले मौसम बदली भएर छिटफुट बर्षा भएको  मौसम पूर्वानुमान महाशालाले जनाएको छ। मौसमविद् सुवास रिजालले शनिबार पनि मौसममा बदली भइरहने बताए। उनले थपे, 'शनिबार पनि मौसम बदली भइरहनेछ। र आइतबारदेखि मौसममा सुधार आउने सम्भावना देखिन्छ।'

अंक तालिकामा नेपाल

नेपालले विश्व क्रिकेट लिगको पाँचौं चरणअन्तर्गत केन्याविरुद्ध शनिबार र सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। प्रतियोगितामा ८ खेल खेलेको नेपाल ६ अंकका साथ छैटौं स्थामा छ। १० खेल खेलेको नेदरल्यान्ड १६ अंकका साथ पहिलो स्थानमा रहँदा समान १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो स्थानमा स्थानमा छ। ८ खेलबाटै १२ अंक जोडेको पपुवा न्युगिनी (पिएनजी) दोस्रो, ११ अंकको स्कटल्यान्ड चौथो र ८ अंकको केन्या पाँचौं स्थानमा छन्। नेपालभन्दा तल नामिबिया र युनाइटेड अरब इमिरेट्स (युएइ) रहेका छन्।

घरेलु दर्शक

घरेलु मैदानमा खेल्दा नेपाललाई सदैव दर्शकको साथ हुन्छ। नेपालका प्रशिक्षक जगत टमाटाले घरेलु दर्शकको साथ हुने बताए। उनले थपे, ‘हामीलाई घरेलु दर्शकको साथ हुनेछ। यस्तो दर्शकको माहोलमा उनीहरुले खलेका छैनन्। त्यसको त्यसको फाइदा हामीलाई हुनेछ।’

कप्तान पारस खड्काले पनि त्यसलाई स्विकार गरे। उनले थपे, ‘हो हामीलाई घरेलु मैदानको साथ हुन्छ। यहाँको पिच कस्तो छ भनेर हामी जानकार छौं। तथापी भोली खेल्ने पिच अझै थाहा छैन। तर आशा गरौं पिचले हामीलाई थाहा छ। घरेलु दर्शकको त आफ्नै स्थान छ।’

केन्याका कप्तान राकेप पटेलले पनि घरेलु दर्शकको दबाब हुने स्विकारे। उनले नेपाललाई घरेलु दर्शकलाई साथ हुने भए पनि त्यसलाई चिर्न आफ्नो टोली तयार रहेको बताए।

सम्पुर्ण टिकट बिक्रि

शनिबारको खेलका लागि पनि टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवा प्रा.लि.ले शुक्रबार २ सय मुल्यका ११ हजार २ सय टिक बिक्रि भएको जनाएको छ। पहिलो दिनको सम्पुर्ण टिकट बिक्रि भए पनि दोस्रो दिनको टिकट अझै बाँकी भएको इसेवाले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

आइसिसीको दादागिरी

शुक्रबार कीतिपूर स्थित त्रिवि मैदानमा रिपोर्टिङका लागि गएको पत्रकारलाई आइसिसीले मैदान प्रवेशमा अवरोध गरेको छ।







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...